उच्च अदालत तुल्सीपुरका नासु पक्राउ

arrest
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत एक नायव सुब्बा पक्राउ परेका छन्। उनी तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।

टाइपिस्ट नासु कृष्णकुमार पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पाठक सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चारबाहिनी चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्