पार्टी छोडेर टीआरएसमा गएकी विधायकमाथि हानियो ढुङ्गा र चप्पल

1
लाेकपाटी न्यूज

एजेन्सी। भारतकी महिला विधायक बनोतु हरिप्रिया नाइकमाथि ढुंगा र चप्पल प्रहार गरिएको छ। तेलांगाना राज्यमा प्रचारप्रसार गर्न पुगेकी नाइकमाथि ढुंगा र चप्पल प्रहार भएको हो।

महिला विधायक स्थानीय निकाय चुनावमा तेलंगाना राष्ट्रिय समिति (टीआरएस) उम्मेदवारको लागि प्रचार गर्न पुगेकी थिइन्। उनी पछिल्लो महिना मात्रै कांग्रेस पार्टी छोडेर टीआरएसमा सहभागी भएकी थिइन। अहिले कांग्रेस कार्यकर्ताहरुको कडा विरोधको सामना गरेकी छिन्।

प्रचारका लागि गाउँ पुगेकी विधायक नाइकमाथि कांग्रेस कार्यकर्ताले ढुंगा र चप्पल फ्याँकेका थिए। नाइक खम्मम जिल्लाको येल्लान्दु विधानसभा क्षेत्रकी विधायक हुन्।उनी गोविन्दराला गाउँमा टीआरएस उम्मेदवार एल.सुनीताको प्रचारप्रसार गर्न पुगेकी थिइन्।

सुनीता मण्डल परिषद् सदस्यका लागि चुनाव लड्दैँ छिन्। कांग्रेस कार्यकर्ताले उनीमाथि ढुंगा र चप्पल बर्साउन थालेपछि टीआरएस कार्यकर्ताहरुले विधायक नाइकलाई चारै तर्फबाट घेरेर सुरक्षा दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्