काठमाडौं, २२ वैशाख। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई सर्वोत्कृष्ट बनाउन अझै दृढताकासाथ लाग्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्। नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिएका हुन्।
दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा आइतबार उपस्थित प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले यस्तो निर्देशन दिएका हुन्। पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘विगतका नराम्रा बानी भए सबै छोडनुहोस् नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुहोस्।’
सिनियर प्रहरी अधिकृतसँग पुलको रुपमा काम गरी संगठनको वृद्धिमा ठूलो भूमिका निर्वाह गर्ने दायित्व आएको प्रहरी महानिरीक्षक खनालले बताए। संगठनका १० बुँदे प्राथमिकतालाई मनन गरी तल्लो तहसम्म जानकारी गराउन र अक्षरस पालना गराउन उनले निर्देशन दिए।
प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक एवं गैर संवैधानिक गतिविधि नियन्त्रण गर्न संगठनको नीति निर्देशन र कानुनी प्रावधानमा रही विवेकपूर्ण तरिकाले निडर भई स्पष्ट रुपमा अगाडि बढ्नु पर्ने बताएका थिए। हरेक काममा दक्ष हुनेतर्फ ध्यान दिई संगठनको मेरुदण्डको रुपमा रहेका मातहतका कर्मचारीहरुलाई हौसला र प्रेरणा जगाउने गरी उर्जाका साथ काम गराउनुपर्ने बताए।
आर्थिक अनियमितता रोक्नेतर्फ सबै लाग्नुपर्ने भन्दै सचेत भएर पारदर्शी रुपमा अगाडि बढन आग्रह गरे।पछिल्लो समय नेपाल प्रहरीले नराम्रो गर्छ भन्ने जनमानसको भावना घटेको पाइएको बताउदै, उनले आगामी दिनमा अझै विवेक र्पुयाएर काम गरी प्रहरीको छविमा सुधार ल्याउनेतर्फ सबै कटिबद्ध हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार दज्र्यानी चिन्हले सुशोभन गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा दज्र्यानी चिन्हले सुशोभन गरे। नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को निणर्यले यही वैशाख २० गते पदोन्नति भएका हुन्। कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन्।