उडिरहेको विमानमा आगलानी, ४१ को मृत्यु

aeroplane
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। रुसको राजधानी मस्को स्थित विमान स्थलमा एक यात्रुवाहक सरकारी विमानमा आगलागी हुँदा ४१ यात्रुको मृत्यु भएको छ।

विमान स्थलबाट उडेको केहीबेरमै प्राविधिक कमजोरी देखिएपछि विमानलाई आकस्मिक अवतरण गराइएको हो।अवतरण गर्ने क्रममा विमानमा आगो लागेको विमान कम्पनी एरोफ्लोटका अधिकारीहरुले बताएका छन्।

आगोका कारण ४१ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन्। विमानमा चालक दलका ५ सदस्य सहित ७८ जना सवार रहेको विविसीले जनाएको छ।विमानमा सवार ३७ यात्रुलाई भने विमानबाट निकालेर उपचारका लागि अस्पताल लगिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली प्रकट गरेका छन् भने परिवारजनमा समवेदना प्रदान गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्