विप्लवका गोरखा इन्चार्ज कुमाल र सेक्रेटरी भट्ट पक्राउ

Biplab
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ वैशाख। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेकपाका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन्।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो। पालुङटार नगरपालिका वडा नं ७ खोलाघाटबाट उनीहरूलाई पक्राउ गरिएको गोरखा जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले जानकारी दिए।

उनीहरूका साथबाट ४ वटा झोला बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ गर्ने क्रममा प्रहरी र सेक्रेटरी भट्टबीच केहीबेर धकेलाधकेल हुँदा दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई गोरखा जिल्ला प्रहरी कार्यालयकै नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्