यस्ताे छ ‘समाजवादी पार्टीकाे एकताकाे आधार (पूर्णपाठ)

Ekata
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। डा. बाबुराम भटराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको एकीकरण भएको छ। वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी र फोरमको एकीकरण भएको हो।

मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका बाबुराम भट्टराईले गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका छन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष भएको पार्टी एकताले पूर्ण आकार नलिएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर वावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र वर्तमान सरकारमा रहेको दल संघीय समाजवादी पार्टीबिच एकीकरण भएको छ।

क्षेत्रीय राजनीति गरिरहेको दल समाजवादी फोरम र सत्ताबाहिर रहेको दल नयाँ शक्तिको एकता प्रक्रिया नेकपाकै मोडलमा भएको छ। पार्टीमा दुबैजना अध्यक्ष हुने व्यवस्थासहितको पार्टी एकीकरण गर्नेसम्बन्धमा यसै साता भएको सहमतिअनुसार सोमबार एक सभामार्फत पार्टी एकीकरण भएको घोषणा गरिएको हो।

नयाँ शक्तिको रसुवा जिल्ला कमिटि नै कांग्रेस प्रवेश गर्ने तयारी भए पनि कानूनी जटिलता सिर्जना भएपछि कांग्रेमा आउन सकेको छैन। अन्य जिल्लामा पार्टी संगठन भए पनि नयाँ शक्तिले उल्लेख्य निर्वाचन क्षेत्रमा खासै प्रभाव राख्न छैन। मधेस केन्द्रित राजनीतिमा सक्रिय संघीय समाजवादी फोरमसँगको एकतापछि बन्ने पार्टी प्रतिनिधिसभाको चौथो ठूलो दल बन्ने छ।

सरकारमा रहेको दल फोरम र प्रतिपक्षमा रहेको दल नयाँ शक्तिका बिचमा एकीकरण भएपछि अब नयाँ पार्टी सरकारमै रहन्छ वा सरकारबाट बाहिरिन्छ भन्ने बहश समेत शुरु भइसकेको छ ।

नेकपा एकीकरणकै मोडेलमा पार्टीमा २ अध्यक्ष रहने व्यवस्थामा सहमति गरेका बाबुराम भट्टराई र उपेन्द्र यादवमध्ये भट्टराईले संघीय परिषद्को अध्यक्षता गर्ने छन् भने यादवले केन्द्रीय समितिको। फोरमका १६ र नयाँ शक्तिका ९ गरी २५ सदस्यीय पदाधिकारी हुने छन्।

संघीय परिषद् करिब एक हजार जनाको र केन्द्रीय समिति करिब ३ सय ५० जनाको हुनेछ। संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन्। राष्ट्रियसभामा फोरमका २ सांसद छन्। फोरमको नेतृत्वमा प्रदेश २ मा प्रदेश सरकार छ। कांग्रेसले खरो प्रतिपक्षको भूमिका निभाउन नसकिरहेको अवस्थामा समाजवादी पार्टी सरकारबाट बाहिरिएर त्यो भूमिका खेल्न कतिपयको आँकलन छ।