अँध्यारोमा स्मार्टफोन चलाउँदा गुम्छ आँखाको ज्योति

pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। स्मार्ट फोन हाम्रो शरिरको लागि निकै खतरनाक साबित भएको छ। स्मार्ट फोन आज हामी सबैको जिन्दगीको हिस्सा बनिसकेको छ।

तर, यही स्मार्टफोट हाम्रो शरीरको लागि निकै खतरनाक सावित भएको छ। अँध्यारोमा स्मार्ट फोन चलाउदाँ आँखाको दृष्टि जान सक्छ। यदि तपाईको सुत्नुअघि स्मार्टफोन चलाउने बानी छ।

राति स्मार्टफोन चलाउने बानीले आँखाको ज्योति मात्र होइन, ज्यान नै जान सक्छ। हालसालै ब्रिटेनमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लगाएको हो। न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनको एक रिपोर्टमा यी कुराहरु उल्लेख छन्। ब्रिटेनमा केही समयअघि दुई महिलाहरुको दृष्टि गुमेको थियो।

चिकित्सकहरुका अनुसार एक महिलाको उमेर ४० वर्ष थियो भने अर्की महिलाको उमेर २२ वर्ष थियो। विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्दा पनि उनीहरुको आँखाको ज्योति गुम्नुको कारण पत्ता लागिरहेको थिएन। पछि उनीहरुले राति सुत्ने बेलामा स्मार्ट फोन चलाउने समयमा उनीहरुलाई यस किसिमका समस्या भएको पत्ता लागेको हो।

चिकित्सकको सल्लाह नमानेर रातको समयमा अत्यधिक स्मार्ट चलाएकाले उनीहरुको दृष्टि गुमेको रिपोर्टमा उल्लेख छ। चिकित्सकहरुले यो रोगको नाम ‘ट्राञ्जियट स्मार्टफोन ब्लाइण्डनेश’ राखेका छन्। रातको समयमा स्मार्टफोन चलाउँदा आँखाको रेटिनामा प्रभाव पर्ने गर्छ।

र, बिस्तारै मान्छेको दृष्टि गुम्दै जान्छ। साथै विभिन्न अध्ययनहरुका अनुसार स्मार्टफोनको प्रयोगले तनाव पनि बढाउने गर्छ। जसले मस्तिष्कमा समेत दीर्घकालीन असर पार्ने गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्