सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लाेकपाटी न्यूज

काठमाडौं, २४ वैशाख । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सरकारले आर्थिक वर्ष २०७६\७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए। नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस, राजपालगायतका दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार गरी तीन दिन छलफल भएको थियो।

आइतबार ५४, सोमबार ६३ र मंगलबार ६ जना सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ। अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्