ट्रम्पले गरे विश्वका चर्चित टाइगर वुड्सलाई सम्मान

pic 7
लाेकपाटी न्यूज

एजेन्सी। विश्वका चर्चित गल्फर टाइगर वुड्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मान गरेका छन्। मंगलबार वासिङटनमा आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति टम्पले वुड्सलाई अमेरिकि नागरीकले पाउने उच्च सम्मान ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’ ले प्रदान गरे।

अवार्ड प्रदान गर्दै राष्ट्रपति ट्रम्पले वुड्सलाई सधैँभरी जित राख्नुभन्दै शुभकामना दिएका छन्। उनले भनेका छन् , ‘यस्ता प्रतिभाहरुले अमेरिकाको स्प्रिट अगाडि बढाउँछ।’

४३ वर्षीय १५ मुख्य उपाधि विजेता वुड्सले उपाधि हात पारिसकेपछि आफ्नो सफलतामा आफ्ना अभिभावकको हात महत्वपूर्ण रहेको बताए। विश्व गल्फका लिजेण्ड तथा १५ पटकको मेजर विजेता टाइगर उड्स अमेरिकाको उच्च सिभिलियन सम्मानबाट सम्मानित भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनमा आयोजना विशेष समारोहमा उड्सलाई प्रेसिडेन्टल अफ फ्रिडम अवार्ड प्रदान गरेका हुन्। ४३ वर्षे उड्सले गत अप्रिलमा अगस्टमा भएको मेजर गल्फको उपाधि जितेका थिए। जुन उड्सले ११ वर्षपछि जितेका थिए।

त्यसैका कारण उड्सले अमेरिकाको उच्च सम्मान पाएका हुन्। उड्सले अवार्ड समारोहमा आफ्ना दुई बच्चा र आमालाई धन्यवाद दिएका थिए। यो अवार्ड त्यस्तो व्यक्तिलाई दिने गरिन्छ, जसले देशको सुरक्षामा योगदान गरेको, विश्व शान्तिमा सहयोग गरेको लगायतका आवश्यकता छन्। जसमा उड्स खेलकुदबाट पर्ने चौथो व्यक्ति हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्