व्यक्तिको नाममा रहेको जग्गा ३० वर्षपछि सरकारको नाममा

jagga
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। व्यक्तिको नाममा गएको आठ कठ्ठा १० धुर जग्गा ३० वर्षपछि सरकारको नाममा फिर्ता ल्याइएको छ।

प्रदेश नं. २ को राजधानी जनकपुरस्थित रेलवे विभागको नाममा रहेको जग्गा एक राइस मिलले आफ्नो बनाएको थियो। वि. सं. २०४५ सालतिर रेलवेको आठ कठ्ठा १० धुर जग्गा जानकी राइस एण्ड आयल मिलले गलत नापी गराएर आफ्नो नाममा लिएको थियो।

यो जग्गा रेलवे विभागको नाममा फिर्ता ल्याइएको जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख रामबाबु मण्डलले बताए।मण्डलका अनुसार जनकपुरधाम उपमहानगरपालिका १ स्थित मिल्स एरियामा रहेको आठ कठ्ठा १० धुर जग्गा रेलवे विभागको नाममा फिर्ता भएको हो।

सिट नं. १३५६-१३ कित्ता नं. १५७ र १५८ र सोही सिटको १३५६०८ कित्ता नं. ३४७ र ३४८ गरी कूल दुई हजार ८८०.५६ वर्ग मिटर जग्गा रेल विभागको नाममा फिर्ता छ।२०४५ सालको शहरी क्षेत्र नापी क्याम्पबाट नापी हुँदा सोही कित्ताको उत्तर तर्फको कित्ता नं. १७ को १२ कठ्ठा जग्गा जानकी राइस एण्ड आयल मिलले आफ्नो जग्गामा घुसाई नापी गराएको थियो।

उक्त मिल्सको नाममा अस्थायी दर्ता गर्ने गरी गरेको निर्णय गैरकानूनी रहेको भन्दै रेल विभागले कानूनी प्रक्रिया अगाडि बढाएको थियो। विक्रम सम्वत १९९४ को मास्टर प्लानमा रेलवेको नाममा दर्ता भएको जग्गा मिलको नाममा दर्ता भएपछि विभागले जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। जिल्लाले रेल्वे विभागको पक्षमा निर्णय दियो। लगत्तै मिलका सञ्चालकहरू सर्वोच्चमा मुद्दा हाले।

मुद्दा विचाराधीन रहेकै अवस्थामा रहँदा मालपोत कार्यालयले मिलको नाममा दर्ता र्गयो। तर, १० असोज २०६२ मा सर्वोच्चले रेलवेकै नाममा जग्गा ठहरिने फैसला गर्‍यो । सर्वोच्चले आदेश कार्यान्वयन भएन। रेल्वे विभागले पुनः २०६८ सालमा जिल्ला अदालत गुहारेको थियो तर, विभाष्का अधिकारीहरूले चासो दिन छाडेपछि मुद्दा तामेलीमा गएको थियो। तर अहिले जग्गा रेल्वेको नाममा फिर्ता भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्