ज्वाइँको कुटाइबाट ससुराकाे ज्यान गयो

लाेकपाटी न्यूज

नीरज पिठाकोटे-वीरगन्ज, २५ वैशाख।

पर्सामा ज्वाइँको कुटाइबाट ससुराकाे ज्यान गएकाे छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मिलनचोक गौतमनगरका ५५ बर्षीय रत्न माझीलाई छिमेकी ३२ बर्षीय ध्रुप माझीले कुटपिट गर्दा मृत्यु भएको हो ।

बाटो हिड्न नदिने विषयमा विवाद भई कुटपिट हुँदा रत्न माझी गम्भीर घाइते भएका थिए। घाइते माझीकाे वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेकाे थियाे। उपचार गर्ने क्रममा मंगलबार साँझ करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए।

मृतक र कुटपिट गर्ने दुवैजना नाताले ज्वाइँ ससुरा हुन्। कुटपिट गर्ने ध्रुपलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइहरको प्रहरी नायव उपरीक्षक राईले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्