अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इराक भ्रमणमा

लाेकपाटी न्यूज

बग्दाद, २५ वैशाख। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार इराकको राजधानी बग्दाद पुगेका छन्।इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुगेका हुन्।

विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ।पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन चाहेको पनि बताएका छन्।

जर्मनीको बर्लिनको पूर्व निर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले इराकी राष्ट्रपति बर्हाम सालेह र प्रधानमन्त्री अदेल अब्दुल महादिदसँग भेटवार्ता गरेका थिए। (एएफपी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्