प्रधानमन्त्री भियतनाम प्रस्थान

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम प्रस्थान गरेका छन्। भियतनाम पछि प्रधानमन्त्री ओली कम्बोडिया जाने कार्यक्रम छ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओली भियतनाममा यही वैशाख २६ देखि ३० गतेसम्म रहनेछन्। त्यसपछि ओली नेतृत्वको टोली वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियामा रहने छ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरेका छन्। सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो।