एजेन्सी। रसिया विश्वकपपछि विश्राम र चोटका कारण टिम बाहिर रहेका सुपरस्टार कप्तान क्रिस्टियानो रोनाल्डो नेसन्स लिगका लागि टिममा सहभागी हुने भएका छन्।
पोर्चुगलले यसै समरमा नेसन्स लिगका सेमिफाइनल र फाइनल खेल आयोजना गर्दैछ। खेलहरु जुन ५ जुनबाट ९ जुनसम्म सञ्चालन हुनेछ। सेमिफाइनलमा आयोजक पोर्चुगलसँगै स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र इंग्ल्यान्ड रहेका छन। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले नेसन्स लिगको लागि कप्तान रोनाल्डो टिममा रहने बताएका छन्।
पछिल्लो समय रोनाल्डोले राष्ट्रिय टोलीबाट नियमित अवस्थामा घरेलु मैदानमा हुने नेसन्स लिगमा रोनाल्डो पुनः अनुपस्थित हुने हो कि भन्ने समर्थकको डर र चिन्तामा प्रशिक्षक सान्तोषले उनी उपलब्ध हुने स्पष्ट पारेको हो।
रोनाल्डो विश्वकप फुटबलपछि नेसन्स लिगको समूह चरण र केही मैत्रीपुर्ण खेलमा उपस्थित थिएनन्। उनी मार्चमा भएको युरो २०२० छनोटका खेलमा भने उपलब्ध रहेका थिए।
‘सिआर सेभेन टोलीमा पक्कै उपलब्ध हुनेछन् । नेसन्स लिगको लागि मे २३ मा टिमको घोषणा हुदैछ। म रोनाल्डोलाई टिममा समावेश गर्नेछु। उनले खेल्नेछन्, ’ प्रशिक्षक सान्तोषल भने, ‘यसअघि उनी टिममा उपलब्ध नहुनुमा विश्वकपपछिको विश्राम र चोट नै हो, हरु कुनै कारण छैन। अब उनी नियमित रुपमा टोलीमा रहनेछ।’
पोर्चुगलको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले १५६ खेलमा ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन्। नेसन्स लिगको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग ५ जुनमा प्रतिस्पर्धा गर्दैछ। यो खेलमा जित निकाले पोर्चुगलले अर्को सेमिफाइनल नेदरल्यान्ड र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । फाइनल ९ जुनमा हुनेछ।