होटल संघको नयाँ कार्यसमिति गठन, को–को परे ?

images_cms-image-000074228
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख । होटल एसोसिएसन नेपाल (हान) को ४६ औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अन्नपूर्ण होटलकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ।

बिहीबार भएको अधिवेशनले राणाको अध्यक्षतामा पाँच जनाको कार्यसमिति तथा २० जनालाई कार्यकारी सदस्य बनाएको हो।

राणाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल सांग्रिलाका प्रविन बहादुर पाण्डे, महासचिवमा काठमाडौं प्रिन्स होटलका साजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशाल कुमार चयन भएका छन्।

त्यस्तै २० जना कार्यसमिति सदस्यमा अमर होटलका अमरमान शाक्य, सोल्टी होटलका दिनेश बहादुर श्रेष्ठ, ओरिएन्टल होटल लिमिटेडर्रयाडिसन होटलकी विधाता श्रेष्ठ, होटल हिमालयका दिनेश तुलाधर, होटल शंकरका विनोद शंकर श्रेष्ठ, वाराही रिसोर्टका विप्लव पौडेल, ड्रिमल्यान्ड गोल्ड रिसोर्टका गोपाल राना रहेका छन्।

त्यस्तै, शाम्बाला होटलका टेस्टेन सातुल्सांग, होटल कमल प्रालिका रामकुमार पुरी, होटल क्राउन प्लाजाका युवराज श्रेष्ठ, होटल गणेश हिमालका ठाकुर प्रसाद पोखरेल, होटल याम्बुका राजेन्द्र भट्ट, होटल रेनफरेस्टका ज्ञानेन्द्र कुमार विष्ट, होटल स्वागतमका राजन श्रेष्ठ, क्लब हिमालयका राहुल शाक्य, मनांग होटलका हेमबहादुर गुरुंग, सिद्धार्थ होटलका सीपी श्रेष्ठ, स्नेहा होटलका असित शमशेर जबरा, मेघौली सेराई सीजी सफारी एण्ड टुर्सका राहुल चौधरी र आरएचएएन पोखराका भरतराज पराजुली सदस्य रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्