कपिलवस्तुका वडाध्यक्ष लहिश भारतीय नागरिक

bharatiya455454-678x357
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ। उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन्।

लहिश पठानले भारतबाट नइम खानका नाममा आधार कार्ड लिएका छन्। भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन्। यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन्।

अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन्। नेपाल र भारतको नागरिकताको विषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइदिएको हुनसक्ने उनले गैरजिम्मेवार जवाफ दिएका छन्।

उनी दोहोर नागरिकताको प्रमाण पेश गरेपछि भने नाजवाफ हुन्छन्। यो विषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन गरिरहेको छ। उनी विरुद्ध दोहार नागरिकता मुद्धा चलिरहेको प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले बताए।

दोहोरो नागरिकताधारी वडा अध्यक्ष पठानमाथि यसअघि सरकारी जग्गा किर्ते तथा लागूऔषध मुद्धामा चलेको थियो। लागूऔषधको मुद्धामा उनले सफाइ पाए पनि सरकारी जग्गा किर्तेको मुद्धा अदालतमा चलिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्