पोलको भाडा नबुझाए इन्टरनेटको तार काट्छौं : प्राधिकरण

press meet
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २७ वैशाख।  नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध जनाएका छन्।

प्राधिकरणको नयाँ रेट अनुसार भाडा नबुझाए इन्टरनेटका तार काटिदिने चेतावनी दिएपछि कम्पनीले विरोध जनाएका हुन्।प्राधिकरणको नयाँ रेट अनुसार पोल भाडा नतिर्ने अडान  इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनीले लिएका छन्।

उनिहरुले तार काट्दा पर्ने सम्पूर्ण असरको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्। इन्टरनेटमा ब्ल्याक आउट भयो भने यसको सबै जिम्मा सरकारले लिनुपर्छु  इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने,तार काट्दा सम्पूर्ण इन्टरनेट सेवा तथा टिभी बन्द हुनेछन्, त्यसले बैंकिङ लगायतका विभिन्न क्षेत्रमा असर पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्