काठमाडौं, २८ वैशाख। ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना रिहा भएका छन्। वैशाख २ गते काठमाडौंको बालाजुबाट पक्राउ परेका कवि अदालतको आदेशपछि शुक्रबार रिहा भएका हुन्।
उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकको एक टोलीले वैशाख २ गते पक्राउ गरेका थियो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै कविलाई पक्राउ गरिएको बताइएको थियो।
उनको गिरफ्तारीलाई लिएर कवि, साहित्यकार, लेखकहरुले बिरोध जनाएका थिए।रिहा भएलगत्तै कविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – “
सम्मानित र अति नै न्यायिक न्यायाधीश बासुदेव न्यौपानेको इजलासबाट रिहा भइयो। अभिव्यक्ति स्वतन्त्रताको यो अभियानमा साथ दिने सबै प्रती हार्दिक आभार।”