नेपालमा लगानी गर्न भियतनामी उद्यमीलाई प्रधानमन्त्रीको आग्रह

kp sharma oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्रीले शुक्रबार भियतनाम–नेपाल व्यवसाय मञ्चलाई सम्बोधन गरे।प्रधानमन्त्री ओलीले व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल–भियतनाम संरचना सम्झौताको समझदारीपत्रमा हस्ताक्षरले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने बताए।

नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा मुलुकलाई समृद्ध बनाउन दृढ रहेको बताउँदै उनले दुई देशबीच बलियो सम्बन्ध विकास गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्