नेपाली स्टार सन्दीपको सकियो आइपीएल यात्रा, कस्तो रह्यो सिजनमा प्रर्दशन ?

sandip
लाेकपाटी न्यूज

काठमाडौं, २८ वैशाख। दिल्ली क्यापिटल्सले पहिलो पल्ट इण्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल खेल्ने मौका गुमाएको छ।

पहिलो क्वालिफायरमा शुक्रबार राति चेन्नाई सुपर किंग्ससँग ६ विकेटले पराजित भएसँगै क्यापिटल्सले (आइपीएल)को फाइनल खेल्ने मौका गुमाएको हो।

विशाखापटनममा भएको दोस्रो क्वालिफायरमा दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। जवाफमा चेन्नाईले ६ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेटायो। त्योसँगै यस सिजनमा दिल्ली र उसका सहयात्री नेपाली स्टार सन्दीप लामिछानेको आइपीएल यात्रा सकिएको छ।

यस सिजनको आइपीएल सन्दीपका लागि औषत रह्यो। दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिए। २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे। उनको इकोनोमी ९.१३ को रह्यो।

दिल्लीका बलरहरुमध्ये सर्वाधिक विकेट टेकरका रुपमा सन्दीप सातौं नम्बरमा रहे। दिल्लीका सर्वाधिक विकेट टिकेर कासिगो राबाडाले २५ विकेट लिए। त्यसपछि क्रिस मौरिस(२३), इशान्त शर्मा(१३), अमित मिश्रा(१३), अक्सर पटेल(१३), किमो पाउल(९) पछि सन्दीप रहे।

यस सिजनमा पनि सन्दीपलाई उनको न्यूनतम मुल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई बेन्चमै राख्यो। कोलकाता नाइट राइडर्श्विरुद्धको तेस्रो खेलमा मौका पाएका सन्दीपले पहिलो खेलमै विकेट लिए।

४ ओभरमा सन्दीपले २९ रन खर्चदै कोलकाताका ओपनर निखिल नायकलाई पवेलियन फर्काएका थिए।यो खेल सन्दीप र दिल्लीका लागि अविस्मरणीय रह्यो। कोलकोत्ताले बनाएको समान १ सय ८५ रनमै दिल्लीले बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा दिल्लीले बाजी मार्यो। सन्दीपको फेन्चाइजी करिअरमा सुपर ओभरमा गएको यो एकमात्रै खेल हो।
दिल्लीले किंग्स एलेभेन पन्जाबविरुद्धको आफ्नो चौथो खेलमा पनि सन्दीपलाई सुरुवाती एघारमै मौका दियो।यसपटक सन्दीपको प्रदर्शन अझै सुधारियो। उनले पन्जाबका ओपनर साम कुराँन र सर्फराज खानको विकेट लिए।

सन्दीपले समग्रमा चार ओभरमा २७ रन खर्चदै २ विकेट लिए। सनराइजर्स हैदरावादविरुद्ध दिल्लीले सिजनको पाँचौं खेल खेल्दै थियो। सन्दीप त्यस टिममा पनि अटाए। उनले दीपक होडाको विकेट समेत लगे। तर, ४ ओभरमा ३२ रन खर्चदैँ सन्दीप केही महँगा भए। यो त्यही खेल थियो, जहाँबाट सन्दीप यस सिजनको आइपीएलमा महँगा हुँदै गए।

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको छैटौं खेलमा पनि सन्दीपले टिममा स्थान बनाए। यस खेलमा पार्थिव पटेलको मात्रै विकेट पाएका सन्दीप महँगा भए। उनले ४ ओभरमा ४६ रन खर्चेपछि उनको नियमित टिममा पर्ने बाटो पनि बन्द भयो।दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले दश खेल खेल्दा दुई खेलमा मात्रै स्थान बनाउन सके।

त्यसमध्ये पन्जाबविरुद्धको खेल यस सिजनमा सन्दीपका लागि सम्झन लायक रह्यो। दिल्लीबाट छैटौं खेलपछि चार खेल बिराएर किंग्स एलेभेन पन्जाविरुद्ध टोलीमा स्थान बनाएका सन्दीपको यो खेल भने स्मरणीय रह्यो। सन्दीपले पन्जाबका ओपनर क्रिस गेलसँगै अर्का ओपनर केएल राहुलको विकेट मात्रै लिएनन्, साम कुराँनलाई यस सिजनमा दोस्रो पटक पवेलियन फर्काए।

यद्यपी सन्दीप महँगा भएका थिए। ४ ओभरमा उनले ६ चौका र दुई छक्का ब्यहोर्दै ४० रन खर्चे। यो खेलपछि सन्दीपले पुनः एक खेल बिराएर बंग्लोरविरुद्ध दिल्लीमा मैदानमा उत्रन मौका पाए। जसमा ३ ओभरमात्रै बलिङ गर्दा ३६ रन खर्चिएपछि सन्दीपले अन्तिम ओभर त पूरा गर्न पाएनन् नै साथै यो खेल सन्दीपको सिजनको अन्तिम खेल पनि बन्यो।

त्यसपछि दिल्लीले थप ४ खेल खेल्दै दोस्रो क्वालिफायरसम्म स्थान बनाएपनि सन्दीप भने बेन्चमै बस्न बाध्य बने।
अघिल्लो सिजनमा सन्दीपले दिल्लीबाट पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिग खेलेका थिए। त्यस सिजनमा पुछारका तीन खेल खेल्दा सन्दीपले ५ विकेट लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्