बुलन्द आवाजका धनी सञ्चारकर्मी श्रेष्ठकाे निधन

photo3
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ वैशाख। चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन भएको छ। लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो।

श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे निधन भएको हो। उनलाई नसासम्बन्धी रोग थियो। उनको हातगोडा नचल्ने, बोलीसमेत नआउने लगायतका समस्याहरु भएका थिए। उनी इमेज एफ एमका पूर्व स्टेशन म्यानेजर थिए। चार वर्ष अगाडिदेखि उनी बिरामी थिए। बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु रहेका छन्।

उनले थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका थिए। उनको पशुपति आर्यघाटमा अन्त्यष्टि हुँदैछ। श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्