नेटोको हवाई आक्रमणमा १० को मृत्यु

neto hawai
लाेकपाटी न्यूज

एजेन्सी । नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गए राति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिए । राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दाबी गरेको छ ।

अर्को एक घटनामा छिमेकी वारदाक प्रान्तमा एक जना तालिबानी लडाकू मारिनुका साथै तीनजना अरु तालिबानी पक्राउ परेका छन् । तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्