दिलिप योन्जनकाे मुक्तक सङ्ग्रह ‘अबिरल’ र गीति एल्बम ‘अनुराग’ विमोचन

IMG_286401
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । कवि, मुक्तकार, गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह ‘अबिरल’ र गीति एल्बम ‘अनुराग’ प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच विमोचन भएको छ । कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार विना थिङ तामाङले राखेकी थिइन् ।

वरिष्ठ संगीतकार शक्तिबल्लव , गीतकार किरण खरेल , गीतकार राजेन्द्र थापा , गजलकार विपिन किरण , संगीतकार राजेश थापा लगायतद्वारा मुक्त्तक संग्रह र गीति एल्बमको संयुक्तरुपमा विमोचन गरिएको थियो ।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु वाचन गरेका थिए । अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गदैँ गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल “ र गीति एल्बम “अनुराग“ ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योग्दानको प्रशंसा उपस्थित सर्जकहरुले गरेका थिए ।

वरिष्ठ संगीतकार शक्तिबल्लवले गीति संग्रहभित्र भएका सिर्जनाले वर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरेको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्ने शुभकामना दिए ।

त्यस्तै अर्का गीतकार किरण खरेलले परदेशमा रहेर पनि नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुर्याउनको लागि पुर्याएको योगदानले मुक्तकारको नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताए । “अनुराग“ गीतिसंग्रहमा गायक सन्तोष लामा , राजेश पायल राई र श्रेयसी चेम्जोङको आवाज रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्