नाफिजद्वारा मिडिया काउन्सिल विधेयकको विरोध (विज्ञप्तिसहित)

nafij Logo
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मिडिया काउन्सिल सम्बन्धि विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गरेको भन्दै विरोध गरेको छ । संघले संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

नाफिजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई जेल÷नेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउँदै जाने नियत हामीले देखेका छौं।’

उक्त विज्ञप्तिमा नाफिजले स्वतन्त्र र मर्यादित प्रेसका पक्षमा रहेको तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानून भने नस्वीकार्ने बताएको छ ।

मिडिया काउन्सिल सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमा प्रस्तावित व्यवस्था विरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ÷संस्थाहरुले सुरु गरेको आन्दोलनप्रति नाफिजले ऐक्यबद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्