प्रतिबन्धीत ५ सय र हजारका भारु नोटसहित पाँच पक्राउ

arrested
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० वैशाख। भारतले बन्द गरेका ५ सय र एकहजार दरका भारु नोटको अवैध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन्। आईतबार प्रहरीले ५ सय र एकहजारका भारु नोटको अवैध कारोबार तथा त्यही नोट देखाएर ठगी गर्ने पाँचजनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले ठमेलस्थित होटल ब्लूमूनमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रतिबन्धित बिदेशी मुद्रा देखाएर उनीहरु ठगीमा संलग्न रहेको बताए।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मागर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन्। उनीहरु बिरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्