प्रेस युनियनले गर्‍यो सञ्चारमन्त्री बाँस्कोटालाई बहिष्कार

gokul baskota
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० वैशाख। लोकतान्त्रिक पत्रकारको छाता संगठन नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बाँस्कोटालाई बहिष्कार गर्ने निर्णय गरेको छ।

सरकारले पत्रकारले आचार संहिता उल्लघंन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएपछि पत्रकारहरुले बिरोध गरेका हुन्।सोही विधेयकको बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री बाँस्कोटालाई बहिष्कार गर्ने निर्णय गरेको हो। युनियनले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सञ्चारक्षेत्रलाई निरंकुश कानूनी व्यवस्था गर्ने गरी संसदमा विधेयक दर्ता गरेपछि पत्रकारहरु सरकारबिरुद्ध उत्रिएका छन्। मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आमसञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा गर्न खोजिएको ‘कु’ को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरी सार्वजनिक गरिएको छ।

प्रेस विज्ञप्ति
मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आमसञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा गर्न खोजिएको ‘कु’ को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरी सार्वजनिक गरिएको छ।

press union

बैठकका निर्णयहरूः
१) मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने सञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने।

२) मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने। काठमाडौं उपत्यका भित्रका शाखाका सदस्यहरुले केन्द्रीय समितिको कार्यक्रममा सहभागिता जनाउने। काठमाडौं उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने।

३) मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तक्र्रिया गर्ने।
उपत्यका भित्रका शाखाहरुले केन्द्रीय समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने।

४) मिडिया नियन्त्रण गर्न खोज्ने केपी ओली नेतृत्वको सरकारविरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने। काठमाडौं उपत्यकाको हकमा सबै शाखाहरुलाई केन्द्रीय समितिले दिउँसो २ बजे माइतिघरबाट आयोजना गर्ने बिरोध प्रदर्शनमा सहभागि हुन निर्देशन दिने। साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागी हुन अपिल गर्ने।

५) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरूले गरेका सबै कार्यक्रमहरूमा सक्रिय सहभागिताको लागि देशभित्र र बाहिर रहेका सबै सदस्यहरूलाई निर्देशन गर्ने।

अजयबाबु शिवाकोटी
महासचिव

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्