काठमाडौं, ३० वैशाख। समाजवादी पार्टीले आफ्ना कार्यकर्तालाई संयमित रहन निर्देशन दिएको छ। पार्टीले आइतबार राति एभिन्यूज टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहनपार्टी पंक्ति एवं आम कार्यकर्ताहरुलाई निर्देशन गरेको हो।
आज प्रेस विज्ञेप्ति सार्वजनिक गर्दै पार्टीले पत्रकारिताको आचरण विपरीतका प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई पनि अपील गरेको छ।
साथै विज्ञप्तिमा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानितहुने ढंगले एभिन्यूज टेलिभिजनकाा प्रस्तोताले पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र संचारकर्मीको अभद्र एवं पूर्वाग्रहीप्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादव माथि भएको यस्तो दुव्यर्वहारको हामी घोर निन्दाएवं भत्र्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाप्रति दुःखव्यक्त गर्दै सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं।’
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एभिन्युज टेलिभिजनको एक अन्तर्वार्ताबाट बाहिरिएका थिए। अध्यक्ष यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए।
सामाजिक सञ्जालमा उक्त घटनाको चर्को बहस भएको छ भने उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।पत्रकार सुशील पाण्डेले उक्त कार्यक्रम सञ्चालन गर्दा केहि प्रश्न अनि अभिव्यक्तिका कुरामा दुबैको मतान्तर भएपछि उपेन्द्र यादव माइक छाडेर निस्केका देखिन्छन्। मुख्यतया उपेन्द्रको पार्टीको नयाँ शक्तिसंगको एकात्मकता अनि अहिले सरकारमा भएका नाताले भ्रष्टाचार प्रकरणलाई लिएर सोधिएका केहि विषणगत र ठाडा प्रश्नबाट वहालवाला मन्त्री असन्तुष्ट भई निस्केका देखिन्छ।
यस्तै उक्त अन्तरवार्ताको विषयलाई लिएर एभिन्युज खबरको वीरगञ्जस्थित ब्युरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ। कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएको बताइएको छ।