काठमाडौं, ३१ वैशाख। भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ। चुनाका लागि नेपाल–भारतबीचको नाका बन्द हुँदा तरकारी आयात रोकिएको छ।
विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्द हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो।भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत आकाशिएको छ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलोसम्म छ। आजको कारोबार दैनिकमा खबर छ ।