काठमाडौं, ३१ वैशाख । ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले विवाह गरेका छन् ।
उनले प्रेमिका अनु गहतराजसँग विवाह गरेका हुन् । प्रेमिका अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा विवाह सम्पन्न भएको हो ।
विवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम विवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।