डिएसपी डिएन ज्ञवालीका यी हुन् ११ महिनाका ११ उत्कृष्ट काम

लाेकपाटी न्यूज
0 Shares

चितवन, ०१ जेठ । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँका प्रमूख एवंम् प्रहरी नायब उपरिक्षक (डिएसपी) दयानिधि ज्ञावालीको करिब १ बर्षमा सरुवा भएको छ ।

प्रमूख पर्यटकीय केन्द्र सौराहमा पर्ने ईलाका प्रहरी कार्यालय टाडीँमा कार्यरत डिएसपी ज्ञावालीले सरुवा हुनु अघि त्यहाँ ११ महिनामा ११ उत्कृष्ट काम गरेका छन् ।

उनले एक टोल एक घण्टा, अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवातास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारी साधन चोरी, महिला हिंसा नियन्त्रण, रेप काण्ड, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरुमा आफू र आफ्नो टिमबाट उत्कृष्ट कार्य प्रर्दशन गर्न सफल भएका थिए ।

नेपाल प्रहरीमा नै भिन्न शैलीका साथ आफ्नो शान्ति सुरक्षाका लागि उनी रातदिन नभनी कटिबद्ध रहेर काम गरेका थिए । लागूऔषधको अवैध कारोबार बढेका कारण यस क्षेत्रमा नै अपराधिक क्रियाकलाप बढ्नुका साथै नेपाल प्रहरीलाई नै ठूलो चुनौती थपिएको थियो ।

रत्ननगर टाडीँमा ११ महिनामा ज्ञावालीले विशेष अभियानका कारण झण्डैँ ८५ प्रतिशतमा रहेको लागुऔषधको कारोबार २० प्रतिशतमा झरेको तथ्याकंले देखाएको छ भने मदिरा नियन्त्रण अभियानमा नेपाल प्रहरीमा एकै पटक १ लाख ७ हजार लिटर नष्ट गरि नयाँ रेर्कड कायम गरेका थिए । लागूऔषधसँगै गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका डिएसपी ज्ञावालीले लागूऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध भने निर्मम तवरले उत्रिएको देखिन्छ ।

फरार अभियुक्त पक्राउ लगायत यस क्षेत्रमा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता अनुसार नै विभिन्न कार्ययोजनाले उनले रत्ननगरमा राम्रै सफलता हासिल गरेका थिए । “म यहाँ आएदेखि नै विशेष रणनितिका साथ मसहित मेरो टिमले विशेष काम गरेका थियौँ उनले भने । लागूऔषधको कारोबार, सेवन, ओसापोसार नियन्त्रणका लागि गृहमन्त्रालय, प्रहरीप्रधान कार्यालय र प्रदेश प्रहरीको कार्ययोजना अनुसार अघि बढेकै कारण ठूलो सफलता मिलेको हो ।”

यस्तै घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा समेत थप कठोर भएर प्रस्तुत भएकै कारण सफलता मिलेको हो । उनले अष्ट्रेलियामा जाने लागेको भनेर विहे गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिड्नेलाई पनि एकसातमा प्रविधिको मार्फत पक्राउ गर्न सफल भएका थिए ।

ट्राफिक व्यवस्थापनतर्फ अनियमितता, ओभर स्पीड कन्ट्रोल लगायतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो । उनका केहि काम यस्ता थिए ।

एक टोल एक घण्टा
नेपाल प्रहरीमा नै फरक शैलीको एक टोल एक घण्टा अभियान उनले २०७५ साल फागुन २३ देखि २९ गतेसम्म सञ्चालन गरेका थिए । अपराधीक क्रियाकलापलाई पूर्ण रुपमा निस्तेज पार्दै गाउँमा प्रहरी र स्थानीयहरुको सम्बन्ध बढाउन यो अभियान चलाएको बताए । सो क्रममा ६० जना प्रहरीहरु अप्रेशनमा खटिएका थिए । अभियानकै क्रममा अहिलेसम्मको सबैभन्दा धेरै १ लाख ७ हजार लिटर मदिरा नष्ट गरिएको थियो

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्