पोष्ट बहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेला हुने

veg
लाेकपाटी न्यूज

काठमाडौं, ०१ जेठ । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले नुवाकोटको ककनीमा यही जेठ ४ गतेदेखि ८ गतेसम्म ५ दिन पोष्ट बहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेला–२०७६ आयोजना गर्ने भएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका सह–आयोजक र नुवाकोटका दुई नगरपालिका एवं नौ गाउँपालिका विशेष सहयोगीसहित कृषिसँग सम्बन्धित संघीय, प्रदेश र स्थानीय सरकारका विभिन्न कार्यालयहरुबाट विशेष सहयोग प्राप्त हुने विश्वासका साथ यो मेला आयोजना हुने भएको हो।

श्रद्धेय दिवंगत नेता पोष्ट बहादुर बोगटीको स्मृतिमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको स्थापना भएको छ। सामाजिक तथा परोपकारी कार्यमार्फत् उनको निष्ठा र आर्दशको राजनीतिलाई स्थापित गर्न तथा संस्थागत गर्न मिति २०७२ असोज २८ गते पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठान स्थापित भएको हो ।

नुवाकोटको तुप्चेमा वि.सं. २०१० साल साउन ३ गते माता लेख कुमारी र पिता भैरव बहादुर बोगटीको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका दिवंगत पोष्ट बहादुर बोगटीको २०७१ भाद्र ३० गते मस्तिष्कघात र हृदयघातका कारण निधन भएको थियो । उनकी जीवनसाथी राममाया बोगटी, दुई छोरी प्रतिभा र प्रभा बोगटी छन् भने एक मात्र छोरा रवि बोगटी जनयुद्धको क्रममा २०५९ असार ७ गते धादिङमा सहिद भएका थिए।

२०२५ सालदेखि वाम राजनीतिमा संलग्न भई राजनीतिक यात्रा सुरु गरेका पोष्ट बहादुर बोगटीले तत्कालीन ने.क.पा. (माओवादी)ले सुरु गरेको जनयुद्धमा पार्टीको केन्द्रीय समितिको तर्फबाट महत्वपूर्ण पदमा रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए। वि.सं. २०४५ सालदेखि पार्टीको केन्द्रीय सदस्य हु“दै पी.बी. स्थायी समिति, सचिव, महासचिव र उपाध्यक्ष समेतको जिम्मेवारीमा देश र जनताको पक्षमा निरन्तर आफूलाई समर्पित गरेका बोगटीले २०५१ देखि २०५३ सम्म अखिल नेपाल किसान संघ (२००७) को केन्द्रीय अध्यक्ष भएर किसान संघर्षको नेतृत्व समेत गरे।

२०६४ सालमा नुवाकोट–३ बाट संविधानसभाको सदस्य पदमा निर्वाचित भएका उनले आफ्नो दलको प्रमुख सचेतक भएर र नेपाल सरकारको ऊर्जा मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेका थिए। सरल, इमान्दार र सक्रिय नेताको रुपमा क्रियाशिल भएर तथा किसानहरु समेतको केन्द्रीय नेतृत्व गरेर राजनीतिक क्षेत्रमा काम गरेका उनको सम्मानमा यो कृषि प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको हो।

आदरणीय नेता बोगटीको कृषि क्षेत्र प्रतिको लगावलाई मध्यनजर राख्दै स्थानीय कृषकहरुबाट उत्पादित कृषि उत्पादन, पशुपंक्षी र मत्स्य व्यवसासय, जडिबुटी तथा कृषि तथा वन पैदावरमा आधारित घरेलु तथा परम्परागत उत्पादनहरुलाई बजारीकरण गर्ने, जनमानसमा स्थापित गर्ने र उत्पादक, कृषक तथा उद्यमीलाई आर्थिक तथा मनोवैज्ञानिक तवरले सवल बनाई कृषिमा निर्भर स्वाधीन अर्थतन्त्र निर्माणको आधार तयार गर्नको लागि र कृषि क्षेत्रको माध्यमबाट पर्यटन व्यवसाय प्रवर्धनमा सहयोग पु¥याउनको लागि यस मेलाको आयोजना गरिदैैछ ।

यस मेलाले प्रदर्शनी स्थलमा कृषकहरुका उत्पादनहरु आम उपभोक्ता माझ पुर्‍याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यम मार्फत् समुन्नत कृषि ग्राम निर्माणमा सहयोग पुर्‍याउने, अर्गानिक खेती प्रणाली सम्वन्धमा जनस्तरमा चेतनाअभिवृद्धि गर्ने, पशुपंक्षी तथा वाली उत्पादनमा कृषकहरुको जोखिम न्युनिकरण गर्ने, सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित अन्तक्रियात्मक कार्यक्रम मार्फत् आम कृषक तथा उपभोक्तामा सकारात्मक प्रभाव पर्न जाने विश्वास लिइएको छ ।

यस प्रर्दशनी मेलामा राष्ट्रिय राजनीतिका शीर्ष नेताहरु समेतले सम्बोधन र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । विभिन्न संघ संस्थाको प्रतिनिधित्व हुने यस प्रर्दशनी मेलाले कृषि पेशामा कृषकहरुको आकर्षण केन्द्रित गर्ने, राम्रो र सफल कृषि उद्यमीहरुलाई पुरस्कार र प्रमाण–पत्रसहित थप उर्जा प्रदान गर्ने, कृषि उत्पादनमा गुणस्तरीय प्रतिष्पर्धा गराई कृषि उत्पादनमा आत्मनिर्भर बनाई स्वाधीन अर्थतन्त्र निर्मँणमा टेवा पुग्ने विश्वास राखिएकाे छ ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्