सबै मिस नेपाल विजेताहरू क्षमतावान छन् : मिस नेपाल अनुष्का

miss Nepal 2019
लाेकपाटी न्यूज

काठमाडौं, २ जेठ। मिस नेपालको सुन्दरतालाई लिएर हरेक पटक चर्चा र विवाद हुने गर्छ। यसपालि पनि मिस नेपालको छनोट चरणमा निर्णायकले एक प्रतिस्पर्धीलाई किन मेकअप नगरेको भन्दै प्रश्न गरिन्।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। धेरै निर्णायकको उक्त शैलीको आलोचना गरे। मिस नेपालमा सुन्दरता मात्र हेरिने भन्दै ट्रोल पनि बनाइयो।

यसपालि मिस नेपालको ताज पहिरिएकी अनुष्का श्रेष्ठ भने मिस नेपालमा सुन्दरतालाई मात्र हेरिन्छ भन्ने धारणा गलत भएको बताउँछन्।

अहिलेसम्म सबै मिस नेपाल विजेताहरू क्षमतावान नै भएको उनको भनाई छ। आँखाअगाडि भइरहेको कुरालाई भएन भनेर बुझ्नेलाई त मेरो भन्नु केही छैन, अनुष्काले भनिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्