तीनकुनेको खुला मैदानमा क्रिकेट खेल्दै सन्दीप

sandeep
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ जेठ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने यति बेला फुर्सदमा छन्। पछिल्लो एक वर्ष अन्तर्राष्टिय फ्रेन्चाईज लिग र राष्ट्रिय टोलीबाट खेल्दै व्यस्त रहेका सन्दीप अहिले केहि समय फुर्सदमा छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर गत शनिवार नेपाल फर्किएका सन्दीप अब केहि समय आरामसँगै साथीभाईसँग समय बिताउने बताइएको छ। यसै क्रममा सन्दीपले बिहीबार विहान तीनकुनेमा क्रिकेट खेल्न पुगेको तस्बिर सामाजिक संजालमा राखेका छन्। सन्दीपले राजधानीको तीनकुनेमा क्रिकेट खेलिरहेका खेलप्रेमीसँग सामान्य रुपमा क्रिकेट खेलेका तस्विर सार्वजनिक गरेका छन्।

उनले तीनकुनेमा क्रिकेट खेल्दा सानोमा साथीसँग टेनिस बलले खेल्दाको याद आएको उल्लेख गरेका छन्। केहि समय आराम गर्न र साथीभाई तथा परिवारलाई समय दिनको लागिनै आगमी ८ गतेबाट हुन लागेको प्रधानमन्त्री राष्टिय एक दिवसिय कप क्रिकेट नखेल्ने बताएका थिए।