अब डीभी भरेर अमेरिका जान नपाइने

लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति अघि सारेका छन्। उक्त नीतिमा डाइभर्सिटी भिसा अर्थात् डीभी चिट्ठा कार्यक्रम बन्द गर्ने योजना रहेकाे छ।

ह्वाइट हाउसको रोज गार्डेनमा उनले सार्वजनिक गरेको नयाँ आप्रवासन नीति अनुसार अब ग्रिनकार्ड दिन पनि कडाइ गरिनेछ । यसका लागि कडा परीक्षा दिनुपर्ने तथा अहिलेका भन्दा थप प्रक्रिया पूरा गर्नु पर्ने जनाइएको छ ।

यसअघि हरेक वर्ष ११ लाख भन्दा धेरै मानिसहरुले ग्रिनकार्ड पाउने गरेकोमा दुई तिहाई भन्दा धेरै ग्रिनकार्ड अमेरिकामा परिवार रहेकालाई पारिवारिक सम्बन्धका आधारमा दिने गरिँदै आइएको थियो । तर, अब भने ग्रिनकार्ड दिन अब उच्च सीप भएका, अंग्रेजी राम्ररी बोल्नसक्ने र युवावर्गका आप्रवासीलाई प्राथमिकता दिइनेछ ।

ट्रम्पका अनुसार अब अमेरिकाले दिने ग्रिनकार्डको ५७ प्रतिशत हिस्सा यस्ता उच्च सीप र दक्षता भएका आप्रवासीले ओगट्नेछन् ।

यद्यपि उनको नयाँ नीति डेमोक्र्याटिक पार्टीको बहुमत रहेको कंग्रेसको तल्लो सदनबाट पारित हुनेमा भने आशंका रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्