काठमाडौं, ३ जेठ। भारतको किशनगञ्ज जिल्लाको डल्लेगाउका बालबालिका नेपाल पढ्न आउँछन्। आफ्नो गाउँमा विद्यालय नभएपछि उनीहरु घन्टौ हिँडेर पढ्नकै लागि नेपाल आउने गरेका छन्।
भारतीय ‘मेन मिडिया’ले तयार पारेको भिडियो हेर्दा सबैलाई अचम्ममा पार्ने गरी उनीहरुले भन्छन् हामीलाई हाम्रो देशको राष्ट्रिय गान थाहा छैन। सयौं थुँगा गाउन सक्छौं।’ अनि उनीहरुले लय हारेर नेपालको राष्ट्रियगान गाउँछन्सयौ थुंगाफुलका हामी एउटै माला नेपाली गुनगुनाउदै किशनगञ्ज निवासी रमेश कुमार भन्छन् ‘भारतभन्दा बढी हामीलाई नेपाल र नेपाली वीरताको कथाबारे धेरै थाहा छ।’
त्यस्तै रमेशकै साथी नवाज आलम भन्छन् ‘हामीलाई नेपाली राष्ट्रिय गानमात्र गाउन आउछ, किनभने हामी नेपाली स्कुलमा पढ्छौं, त्यहाँ भारतीय गान सिकाउने कुरा पनि त भएन।’ त्यस्तै अन्य छात्र छात्राहरुले पनि भारतको बारेमा भन्दा बढी नेपालको बारे बढी थाहा भएको बताउँछन्।
झापाको केचनाकवल गाउपालिकासँगै जोडिएको भारत किशनगञ्जका बालबालिकालाई नेपाली विद्यालय पनि प्यारो छ। भारतका शीर्ष नेताको थाहा नपाउने उनीहरु नेपालका भीमसेन थापा, पुष्पकमल दाहाल प्रचण्डका बारेमा खुलेरै बोल्न सक्छन्। अहिले भारत चुनाव भइरहेको छ। चुनावका बेला विकास निर्माणका विषयलाई उठाएर यस्ता समाचारहरु बाहिर आउने गरेका छन्।
भारतीय बच्चा नेपालबाट देशशक्ति सिक्दै भन्ने शीर्षकमा युट्युवमा राखिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ।