यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मंगल कार्यको योग छ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। लाभदायक यात्रा होला। प्रिय व्यक्तिसंग भेटघाट होला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। विद्यामा सफलता पाइएला। नयाँ कामको थालनी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। व्यापार व्यवसायमा फाईदा होला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाहान सुख मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। प्रेमीको सहयोग पाईनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा मन जाला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक झमेला आउला। कुविचारमा मन जानेछ। सामान हराउने वा चोरी हुने भयछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) शुभ कार्यको योग छ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमिबाट लाभ रहनेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। शुभ–अशुभ दुवै समाचार सुनिएला। मित्र संग मीठो भेटघाट रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्य सम्पादनमा समस्या आउला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्