काठमाण्डौं, ४ जेठ। पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। अरु ठाउँको मौसम भने सफा छ।
पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए।उनका अनुसार शनिबार पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ।
यस्तै अहिले सफा रहेको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उनले बताए।
अरु ठाउँको मौसम भने सफा नै रहनेछ। पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताए।