आगरा राजमार्गमा बस दुर्घटना, पाँचकाे मृत्यु

लाेकपाटी न्यूज

नयाँ दिल्ली, ४ जेठ। भारतको उत्तरप्रदेश राज्यस्थित आगरा राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ।

शनिबार तीब्र गतिमा गइरहेको एक बस दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्। राजधानी दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेको बस देवखरी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन्। तीब्र गतिको बस ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ।

घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको छ। घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्