थिंक ट्यांक प्रा. डा. मिश्रकाे राजीनामा

Chaitanya Misra
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ४ जेठ। सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझावहरु दिन बनेको नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्रा.डा. चैतन्य मिश्रले राजीनामा दिएका छन्।

समाजशास्त्रीसमेत रहेका मिश्रले तीन वर्षे कार्यकाल रहेको प्रतिष्ठानबाट सात महिनामै राजीनामा दिएका हुन्। सरकारले बनाएको थिंक ट्यांकका संयोजक मिश्रले राजीनामा दिनुको स्पष्ट कारण नखुलाए पनि आफ्नै कारण यो साता राजीनामा दिएको उल्लेख गरेका छन्।

यो अवधिमा प्रतिष्ठानको कार्यालय व्यवस्थापन तथा अनुसन्धानकर्तालगायत जनशक्ति जुटाउने कार्य सकिएको भए पनि दरवन्दीअनुसार कर्मचारी छैन। प्रतिष्ठानको अस्थायी कार्यालय भने अनामनगरबाट सञ्चालनमा छ।
मिश्रको राजीनामाबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकिएको छ।

अब प्रतिष्ठानमा डा. मीना आचार्य, प्रा.डा. राजेन्द्रध्वज जोशी, प्रा.डा. सुरेन्द्र लाभ र डा. गणेश गुरुङ छन्। स्रोतका अनुसार संयोजक मिश्र यसै सातादेखि कार्यालय जान छाडेका थिए।