युएईमा प्राचीन नेपाली तस्वीर प्रदर्शनी

1
लाेकपाटी न्यूज

स्टार श्रेष्ठ-युएई,४ जेठ। युएईमा नेपालको १५० वर्षभन्दा पुरानो तस्वीरहरु प्रदर्शनीमा राखिएको छ ।संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा रहेको मध्यपुर्वकै सबैभन्दा ठुलो संग्रहालय लुव आबुधाबीमा चलिरहेको विश्वको एक शुरुवाती एल्बमु नामक फोटो प्रदर्शनी ९१८४२ – १८९६० मा नेपालको १५० वर्ष भन्दा पुरानो तस्बिरहरु प्रदर्शनीमा राखिएको हो।

उक्त प्रदर्शनीमा एशिया,अफ्रिका र अमेरिकन महादेशका गरी ४४ वटा देशहरुको सन् १८४२ ( १८९६ सम्म अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले खिचिएका २५० वटाभन्दा बढी तस्बिर राखिएका छन। विश्वको एक शुरुआती एल्बमु नामक फोटो प्रदर्शनी ९१८४२ – १८९६० मा नेपालको ५ वटा तस्बिरहरु राखिएका छन, जुन तस्बिरलाई भारतीय फोटोग्राफरहरु जोनस्टोन र होफमानले लिईएको उल्लेख गरिएको छ।

प्रदर्शनीमा राखिएका ५ तस्वीरमध्ये ४ वटा तस्वीरहरु राजपरिवारसँग सम्बन्धीत रहेको छ। एउटा देव शम्शेरको श्रीमतीको रहेको छ भने एउटा उपत्यकामा बसोबास गर्ने आदिबासी समुदायको रहेको छ। तस्बिरहरुको वर्णन अरबिक,फ्रेन्च र अङग्रेजी गरी तीन भाषामा उल्था गरिएको छ। तस्बिरहरुलाई कैद गर्ने फोटोग्राफरहरु भारतमै दोश्रो फोटो स्टुडियो कलकत्तामा सन् १८८२ मा खोल्ने फोटोग्राफरहरु हुन तेस पछी उनिहरुले दार्जिलिङमा सन् १८९० मा खोलेका थिए।

फोटो खिच्न कै लागि सिक्किम,नेपाल हुँदै तिब्बतसम्म पुग्ने पहिलो फोटोग्राफर उनिहरु नै हुन्।संस्कृति एवं पर्यटन विभाग – अबुधाबीका अध्यक्ष मोहम्मद खलीफा अल मुबारकले भनेस्लुव आबुधाबीको मानवताको कथा बताउने उद्देश्य छ र फोटोग्राफी सबैभन्दा महत्त्वपूर्ण औजार हो जसले यसका लागि योगदान दिएको छ, फोटोग्राफी संसारको इतिहास र यसको विभिन्न संस्कृतिको दस्तावेज गर्ने सबै भन्दा महत्वपूर्ण उपकरण मध्ये एक हो।

त्यसै गरी लुव संग्रहालय आबुधाबीका निर्देशक म्यानुअल रबेटले भने ‘हामीले दर्शकहरुलाई तस्वीरका माध्यमबाट पुरानो दिनहरुलाई अवलोकन गर्न निमन्त्रणा गरिरहेका छौ, संसारकै महान कथाहरु एकै ठाउँबाट बनाउने हामीले सुन्दर तस्बिरहरू सङ्कलन र चयन गर्न समय लगाएका छौँ। रबेटका अनुसार लुभ संग्रहालयमा दैनिक करिब ३ हजार आगन्तुकले अवलोकन गर्दछन् ।

यस संग्रहालयको प्रवेश शुल्क नेपाली १९०० तोकिएको छ। युएको आबुधाबीबाट छ किलोमिटर उत्तर तर्फ सादियात आईल्यान्ड रहेको आकर्सक डिजाइनमा १०८ मिलियन डलर लागतमा निर्माण गरिएको उक्त संग्रहालयले २६०,००० वर्ग फिट क्षेत्रफल ओगटेको छ, फ्रेन्च नागरिक जीन नोवेलद्वारा आर्किटेक डिजाइन गरिएको संग्रहालय ११ नोभेम्बर २०१७ मा खुलेको थियो। प्रदर्शनीमा राखिएको ५ वटा तस्वीरमध्ये एउटा तस्वीरलाई प्राथमिकताका साथ प्रचार गरिएको छ।

जुन तस्बिरमा नेपालको महारानी र उसको सुसारेहरु भनेर उल्लेख छ। उक्त तस्बिरलाई आबुधाबीको मुख्य सडकको छेउमा ठुलो होर्डिङ बोर्डसहित राखिएको छ। साथै लुव संग्रहालयको ब्रोसरहरुमा अनी संग्रहालय आसपासमा ठुला ठुला साइजमा उक्त तस्बिर जताततै देख्न सकिन्छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटनको पनि उत्तिकै प्रचार भैरहेको छ।२५ अप्रिल २०१९ मा सुरु भएको प्रदर्शनी १३ जुलाई २०१९ सम्म चल्नेछ।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्