जिप दुर्घटना हुँदा ३ को मृत्यु

लाेकपाटी न्यूज

बैतडी, ५ जेठ। बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय मिटर तल खसेको थियो। दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्। एकको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परी दशरथचन्द १० बाराकोटका अन्दाजी ४०\४५ वर्षका हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको र घाइतेहरुलाई जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्