डिआइजीको घर लुटनेमाथि गोली प्रहार

Goli
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। प्रहरीले काठमाडौँको टोखाबाट एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। काले भन्ने बिष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

प्राप्त जानकारीअनुसार, उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। उनलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

घाइते उनलाई नियन्त्रणमा लिई उपचारका लागि प्रहरीले बिर अस्पताल लगेको छ। काले प्रहरीको सर्बाधिक खोजी सूचिमा थिए।

तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्