‘बेश्यालय खोलेर भात खाने व्यवस्था कसरी समाजवाद हुन्छ ?’

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका कम्युनिष्टहरुले नारा समाजवादको दिए पनि काम त्यसको उल्टो गरिरहेको बताएका छन्।

महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो कुनै पनि व्यक्तिमाथि आक्रमण र लडाइँ होइन, हामी दलाल पूँजीवादी व्यवस्थाको विरुद्ध लडिरहेका छौं। यो व्यवस्थाले बेश्यालय खोलेर भात खाने कुरा गरेको छ, त्यो हामीलाई स्वीकार्य छैन।’

उनले जनयुद्धको नेतृत्व गरेको नेतृत्व र पूर्वमाओवादी समूहलाई विगतमा जनतासामू गरेका बाचा पूरा गर्न स्मरण पनि गराएका छन्। विगतको जनयुद्धमा गरिएका बाचा भुलेर, लक्ष्यबाट बिमूख भएर समाजवाद र साम्यवादमा पुग्न नसकिने विप्लवको तर्क छ।

विप्लवले अन्तर्वार्तामा आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुको कारण उल्लेख गर्दै भनेका छन्, ‘प्रतिबन्ध दलाल पूँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो। हामी यसको प्रतिरोध गर्छौं।’

उनले एकीकृत क्रान्तिको सिद्धान्तबाट मात्रै समाजवाद आउने बताएका छन्। सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत जीवन बिताइरहेका विप्लवले मिडियामार्फत् आफ्ना कुरा सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्