उपराष्ट्रपति चिल्ड्रेन गेमका लागि एथलेटिक्सतर्फका खेलाडि छनौट

लाेकपाटी न्यूज

पश्चिमनवलपरासी । उपराष्ट्रपति चिल्ड्रेन गेम अन्र्तगत पश्चिम नवलपरासीमा एथलेटिक्स तर्फका खेलाडि छनौट गरिएको छ । जिल्ला खेलकुद विकास समिति नवलपरासीद्वारा आयोजित सरावल–१ बसामा भएको छनौट प्रतियोगिताबाट विभिन्न विधामा छात्रछात्रा गरी दश जना खेलाडि छनौट भएको समितिले जनाएको छ ।

सय मिटर दौडमा छात्रतर्फ सलिम अन्सारी र छात्रातर्फ मनिषा ठटेर, दुई सय मिटर दौडमा छात्रतर्फ गोविन्द थारु र छात्रातर्फ दुर्गावती लोनिया, लङ जम्पमा छात्रतर्फ मुकेश यादव र छात्रातर्फ मनिषा चौधरी छनौट भएको एथलेटिक्स प्रशिक्षक मनोहर दाहाले बताए ।

प्रशिक्षक दाहालका अनुसार ट्रिपल जम्पमा छात्रतर्फ अनरजित केवट र छात्रातर्फ सुमन चौधरी, हाई जम्पमा छात्रतर्फ आनन्द चौैधरी र छात्रातर्फ सन्जना यादव छनौट भएको छन् ।

छनौट भएका खेलाडि आगामी जेठ ८ देखि १० गतेसम्म प्यूठानमा हुने प्रदेश छनौटमा सहभागि हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आले, खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष मोहन पौडेल लगायतको पनि सहभागिता रहेको थियो । कक्षा ६, ७ र ८ का १४ वर्ष मुनिका बिद्यार्थीहरुको सहभागिता उपराष्ट्रपति चिल्ड्रेन गेम सञ्चालन हुने अध्यक्ष आलेले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्