स्वदेशमै उत्पादित प्याड सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

pad pic
लाेकपाटी न्यूज

चितवन, ६ जेठ । अब स्वदेशमै प्याड उत्पादन हुने भएको छ। मितेरी जैविक सेनिटरी प्याडले उद्योग उद्घाटनसँगै वातावरणमैत्री मितेरी प्याड सार्वजनिक गर्ने भएको हो।

राधा पौडेल फाउण्डेशन र न्यायका लागि महिला मञ्च चितवनको सहकार्यमा संचालनमा आएको प्याड उद्योग भोलि ९मंगलबार० बाट संचालनमा आउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। “मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी” भन्ने मुल नाराका साथ ७ महिना अनुसन्धान गरी मितेरीले प्याड सार्वजनिक गर्न लागेको छ।
४० लाख लगानी भएको सो उद्योगमा हाल ७ जना महिला कामदार रहेका छन्।

प्याड प्रयोग गरेर जलाउदा वातावरणलाई असर नपर्ने र गाड्दा ८० दिनमा कुहिने सो उत्पादन भएकोे मितिबाट १ वर्षसम्म प्रयोगमा ल्याउन सकिने छ। सल्लाको बोक्रो र भारतबाट आएको सामाग्रीबाट प्याड उत्पादन गर्दै आएको उद्योगले स्थानीय तहमा नै केराको खेति गर्न सके विदेशी सामाग्री भित्रयाउन नपर्ने मितेरी जैविक प्याड उद्योगका अध्यक्ष साबित्री भण्डारीले बताइन्।

एक सय रुपैँया मुल्य पर्ने यो प्याड पूनःप्रयोग गर्न मिल्ने र नमिल्ने गरी २ प्रकारको रहेको उद्योगका सुपर भाइजर मोति कँडेलले जानकारी दिए। भरतपुर ५ मा रहेको ग्रीन ह्याम्लेट रिसोर्टमा भोली मंगलबार दिउँसो ११ बजे उद्योगको उद्घाटन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्