ताजिकिस्तान, ६ जेठ। ताजिकिस्तिानको एक जेलमा कैदीहरुले हिंसा मच्चाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ। आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीहरुले जेलभित्रै झडप गरेका हुन्।
राजधानी दुशान्बेबाट १० किलोमिटर टाढा बाखदात शहरमा रहेको जेलमा हिंसात्मक दंगा मच्चिएको हो। उक्त घटनामा ३ जना जेलका सुरक्षाकर्मी तथा २९ कैदी मारिएको जनाइएको छ। इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीले शुरुमा चक्कु प्रहार गरी तीन सुरक्षाकर्मी तथा ५ कैदीको हत्या गरेपछि हिंसा शुरु भएको थियो।
हिंसालाई साम्य पार्न सुरक्षाकर्मीले जेलभित्र गोली चलाएका थियो। यसक्रममा अन्य २४ कैदी मारिएको जनाइएको छ। सन् २०१५ मा इस्लामिक स्टेटमा भर्ना हुन सिरिया पुगेका ताजिकिस्तानको वरिष्ठ सुरक्षा अधिकारी गुलरमोड खालिमोभका छोरा बेखुर्ज गुलमरोडको नेतृत्वमा हिंसा शुरु भएको बताइएको छ।