अफगानिस्तानका प्रशिक्षक सिमन्सले राजीनामा दिँदै

simon pic
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। आईसीसी एक दिवसीय क्रिकेट विश्वकपपछि अफगानिस्तानका प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन्।

वेस्ट इण्डिजका पूर्व अलराउण्डर सिमन्सले सन् २०१७ मा टिम सम्हाल्दा विश्वकपमै पुर्‍याउने लक्ष्य रहेको बताएका थिए। लक्ष्य पूरा भएकाले उनले विश्वकपलगत्तै अफगान टिम छाड्ने भएका हुन्।

सिमन्सले इएसपीएन क्रिकइन्फोसँगको कुराकानीमा भने, टिम छाड्ने विषयमा अफगानिस्तान क्रिकेट बोर्डलाई मैले सूचना दिइसकेको छु, अब मैले सम्झौता नवीकरण गर्दिनँ। १५ जुलाईमा उनको सम्झौता सकिने जनाइएको छ।
उनलाई १८ महिनाका लागि प्रशिक्षक तोकिएको थियो।

५६ वर्षीय सिमोन्सकै प्रशिक्षणमा गएको मार्चमा विश्वकप क्वालिफायर जितेको थियो। विश्वकपको पहिलो खेलमा अफगानिस्तानले १ जुनमा पाँच पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्