छायाँ मन्त्रीबाट राजीनामा दिन्छु : नेता सिंह

amreshkumar
लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ। छलफल र सहमतिबिनै नाम आएकोभन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अमरेश सिंहले छायाँ मन्त्री अस्वीकार गरेका छन्।

मन्त्री नभई संसदकै भूमिकामा रहने उनले बताएका छन्। सोमबार दिउँसो कांग्रेसले गठन गरेको छायाँ सरकारमा उनलाई परराष्ट्र मन्त्रालयअन्तर्गत छायाँ मन्त्री तोकेको थियो।यसको संयोजक नारायण खड्का छन्। मसँग सोधेर छायाँ मन्त्री बनाइएको पनि होइन। मलाई संसदकै भूमिकामा बसेर काम गर्न मन छ।

राज्य व्यवस्था समितिमा पनि म सदस्य छु त्यसैले छायाँमन्त्री बन्न सक्दिनँ,’ उनले भने, ’मंगलबार नै सभापतिलाई भेटेर छायाँ मन्त्री नबन्ने जानकारी गराउँछु।’ सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर सोमबार विभिन्न मन्त्रालयको छायाँ मन्त्रीको जिम्मेवारी दिएका हुन्।

संसदीय दलको विधानको धारा ९ को उपधारा ५० (क) बमोजिमको छाया सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको कांग्रेस संसदीय दलले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनहितविपरीतका कामलाई खबरदारी र निगरानी गर्न कांग्रेसले छायाँ सरकार बनाएको हो।