यस्तो छ आजको मौसम पूर्वानुमान

लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ । देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिनभर देशभरको मौसम सफा रहने र चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बेलुकातिर भने केही स्थानमा बदली भइ मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।

यस्तै हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ। मंगलबार राति भने पूर्व तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्