९ जनाको हत्या भएको ठाँउ नजिकै एक युवक झुण्डिएको अवस्थामा भेटिए

mrityudanda
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ। झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्